संकटमा माके, एक दर्जन केन्द्रीय सदस्यले माकेबाट बिद्रोह गरे

काठमाडौं: वैशाख १५, स्थानीय चुनाव गरेर देशलाई प्रतिक्रान्तिको दलदलमा फर्काउन नाईटो देखिको बल लगाउँदै कस्सिएको माओवादी केन्द्रमा फेरी ठुलो बिद्रोह भएको अनलाईन डबलीले जनाएको छ ।

सल्यानमा अन्यायपूर्ण तरिकाले स्थानीय चुनावको उम्मेदवारी दिन क्रम नरोकिएपछि विद्रोह भएको सो अनलाईनले जनाएको छ ।

बिद्रोह गर्नेमा मानबहादुर ओली, हरिलाल डाँगी, टिकाराम ओली, टंकप्रसाद शर्मासहित एक दर्जन केन्द्रीय सदस्यसहित २४ जना जिल्ला सदस्यहरुले विद्रोह गरेका छन् । पार्टीमा विद्रोह गरेपछि उनीहरुले केही समयपछि नै पत्रकार सम्मेलनको तयारी गरिरहेको व्रिदोही एक नेताले बताए ।

पार्टीलाई अराजक तरिकाले संचालन गरेको र जनयुद्ध लडेका र इमान्दार नेता कार्यकर्तालाई बेवास्ता गर्दै ठेकेदार र गुण्डालाई स्थानीय चुनावमा उम्मेदवारी दिएपछि विद्रोह गरेका हुन् ।

विद्रोही उनीहरुले माकेबाट अलग भएको घोषणा गर्दै नयाँ पार्टीको नाम समेत जुराइसकेका छन् । ती सदस्यका अनुसार नयाँ पार्टीको नाम माओवादी केन्द्र (विद्रोही) राखिएको छ । उनीहरुले विद्रोहपछि चुनाव बहिस्कारमा जान सक्नेबारे रणनीति समेत बनाउन शुरु भएको बताइएको छ ।