उत्तर कोरियाको पक्षमा उभिए रुस र चीन, शैन्य कारबाही नगर्न अमेरिकालाइ चेतावनी

काठमाडौ: बैशाख १६, कोरिया प्रायद्धीपमा अमेरिकाले गरिरहेको उत्तेजनात्मक गतिबिधि रोक्नलाई रुस र चीन दुवैले तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।

हिजो बसेको सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको विशेष बैठकमा दुवै देशका प्रतिनिधिले अमेरिकाले चाल्ने गलत कदमको परिणाम भयानक हुने बताएका छन् ।

रुसी सहायक विदेशमन्त्री गेनी गिलेताव ले सयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिका र उत्तर कोरियाको गतिविधितर्फ इंगित गर्दै भने उग्र किसिमको बक्तव्यवाजी र शक्ति प्रर्दशनले संसारमा यस्तो स्थिति सिर्जना भइसकेको छ की कोरियाली प्रायद्धीपमा युद्ध होला की नहोला भन्ने कुरा हरेकको दिमागमा बसिरहेको छ ।

यसै सुरक्षा परिषद्को बैठ्कमा बोल्दै चिनिया विदेश मन्त्री वाङ जीले पनि उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको खतरालाई बहाना बनाइ गरिने कुनै पनि किसिमको सैन्य कार्वाही आफूलाई मान्य नहुने चेतावनी दिए ।

उनले भने शक्तिको प्रयोगले कुनैपनि समस्या समाधान हुँदैन । यस्ता कदमले झन ठूला समस्या निम्त्याउँछ । अमेरिकाले पटक पटक चीनलाई कोरियामा शैन्य कारबाही गर्न सहयोग मागेको भएपनि चीन अन्ततः कोरियाको पक्षमा उभिएको छ ।

                                                                                                                                                    एजेन्सी