नेपाल कम्युनिस्ट पार्टीको नाममा चन्दा आतङ्क मचाउनेलाइ भौतिक कारबाही गरिने

काठमाडौँ: बैशाख १७, नेपाल कम्युनिस्ट पार्टीको नाममा संसदवादीदलका स्थानीय निर्वाचनका उम्मेदारहरुले जबरजस्ती चन्दा असुल्न थालेका छन् । रुकुममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ को नामको लेटरप्याड प्रयोग गरेर चन्दा आतंक मच्चाएको भन्दै राप्ती ब्युरोले गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

राप्ती ब्युरो इन्चार्ज सुवासले आफनो पार्टीलाई बदनाम गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रको षडयन्त्र हुन सक्ने भन्दै सत्यतथ्य पत्ता लागे ती मान्छेहरुलाई भौतिक कार्वाही हुने समेत चेतावनी दिएका छन् ।

व्युरो इन्चार्ज सुवास द्धारा जारी विज्ञेप्तीमा भनिएको छ – ‘पार्टी प्रवक्ता क प्रकाण्डको नाम बेच्दै रुकुममा कथित स्थानिय चुनावका उम्मेदवारबाट नेपाल कम्युनिस्ट पार्टीको नक्कली नाम र लेटेर प्याड प्रयोग गरी वडा सदस्यदेखि प्रमुख सङ्ग तीन लाख देखि लाख आठ  सम्म माग गर्नुका साथै नदिएमा भौतिक कार्वाही सम्म गर्ने धाक धम्की दिइ घर घरमा गइ सुचना टास गर्ने, आतंकित पार्ने घटनाप्रती नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ।’ 

केही महिना अघि एमालेले पनि काठमाडौँका कलेजहरुमा नेपाल कम्युनिस्ट पार्टीको नाममा चन्दा आतङ्क मचाएको थियो ।