नेकपाको चुनाव खारेजी अभियान सफल हुनेभएपछि गृहमन्त्रीको राजीनामा

काठमाडौँ: बैशाख १७, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावको सशक्त खारेज गर्ने भएपछि चुनावको मिति नजिकिदै गर्दा गृहमन्त्री निधिले आज राजीनामा दिएका छन् ।

पटक पटक नेपाल कम्युनिस्ट पार्टीको बारेमा बोल्दै आएका निधिलाई के खोज्छस कानो आँखा भने जस्तै राजीनामा दिन अरु निहु नपाएका उनलाई सुशिला कार्की प्रकरण भने राजीनामा दिने गतिलो आधार भेटिएको विश्लेषण गर्न थालिएको छ ।

गृहमन्त्री निधिले स्थानीय निर्वाचनको सुरक्षा दिन नसक्ने मनोविज्ञान पटक पटक अभिव्यक्त गरेका थिए । उनी कहिले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सकिने भनेर चर्का अभिव्यक्ति दिन्थे त कहिले निवार्चनको प्रमुख खतरा नेपाल कम्युनिस्ट पार्टी रहेको बताउने गरेका थिए ।

केही दिन अगाडि काभ्रेमा बसेको सुरक्षाको बैठकमा नेपाल कम्युनिस्ट पार्टीले ११ जिल्लामा निर्वाचन ध्वस्त पार्न सक्ने बताएका थिए ।

त्यसैगरी उनले २,३ दिन अघि म्यादी प्रहरीमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता घुसपैठ भएको भन्दै म्यादी प्रहरी माथि निगरानी राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । आफु गृहमन्त्री पदमा रहेको बेला निर्वाचन असफ हुने देखेपछि उनले राजीनामा दिएको विश्लेषण गर्न थालिएको छ ।