संसदीय व्यवस्थाको संकट टार्न जो पनि व्यक्तिलाइ बलि चढाउन सक्छन् : विप्लव

काठमाडौँ: बैशाख १८, नेपालको राजनीतिमा अस्वभाबिक परिवर्तन र जटिलता देखिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले संसदवादको संकट र समस्या टार्न संसदवादीयदलहरुले जो कोहिलाइ पनि नक्कली मुद्धा वुनेर बलि चढाउन सक्ने बताएका छन् ।

उनले आज आफ्नो फेसबुक आईडि मार्फत् भनेका छन् ‘नेपालमा संकट र समस्या संसदीय व्यवस्थाको हो तर व्यवस्थाको संकट टार्न नक्कली मुद्धा वुनेर व्यक्तिलाई बलि चढाउँछन्’।

त्यस्तै उनले अगाडि भनेका छन् ‘फर्जी हमलामा जो पनि पर्न सक्छ । यो क्रम संसदीय व्यवस्था नगए सम्म चलिरहन्छ’ ।महासचिव विप्लवको पछिल्लो भनाइले नेपाली जनतामाथि दलाल पुँजीवादले जतिखेर पनि दमन गर्न सक्ने कुरा तर्फ नेपाली जनता सचेत रहन ध्यानकर्षण गराएको छ ।