चरम राज्य आतङ्क, जिल्ला इन्चार्ज सहित २० जना गिरफ्तार

बर्दियाः बैशाख २१, नेपाल कम्युनिष्ट पार्टी बर्दिया जिल्लाकी इन्चार्ज देवकला अधिकारी, युवाका केन्द्रिय सदस्य नविन राना लगाएत २० जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले वीना कारण पक्राउ गरेको छ ।

निर्धारित पार्टीको केन्द्रीय कार्यक्रम अनुसार शान्तिपुर्ण अभियानको क्रममा बुधवार बर्दियाबाट गिरफ्तार गरिएको हो ।नेकपाले कथित स्थानीय चुनाव खारेज गर्दै देशैभरी जनताको जनसत्ता सुदृढीकरण अभियान चलाएको छ ।