नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता महर्जन पक्राउ

काठमाडौं बैशाख २१, चुनावखारेजी अभियानमा लागेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु देशका विभिन्न स्थानबाट पक्राउ परेका छन् ।

कीर्तिपुर नयाँ बजारमा हिँडिरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नारायण महर्जनलाई प्रहरीले बिनाकारण गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त टेकुमा राखेको छ ।