भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को अर्को भीषण हमला

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले अर्को भीषण हमला गरेको छ । पिपुल्स लिबरेसन गुरिल्ला आर्मिको एम्बुसमा परेर महाराष्ट्रको गाडचिरोली क्षेत्रमा अर्धसैनिक बल कमान्डो(६०) का १५ भन्दा बढी जवान गम्भीर रूपमा घाइते भएको र १ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

४८ घण्टामा तीनओटा भिडन्तहरू भएको बताईएको छ । घाइते र मृत्यु हुनेहरूको संख्या बढी हुनसक्ने भारतीय समाचार माध्यमहरूले जनाएका छन् । मंगलवार सिआरपिफ र महाराष्ट्र प्रहरीका तीनजना जवान माओवादीसितको भिडन्तमा घाइते भएका थिए ।

पहिलो एम्बुसपछि त्यसलाई सहयोग गर्न गएको एम्बुस (प्रतिरोधी गाडी नै एम्बुसमा परेको बुधबार साँझको त्यो घटनाबारे थुप्रै विवरण बाहिर आउन बाँकी रहेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । सो क्षेत्रमा अहिले सरकारले कम्बिङ अप्रेसन चलाइरहेको छ ।