राजधानी मै नगरपालिका उम्मेदार हरुको घरमा कालो झण्डा

काठमाडौं: २२ बैशाख, नेपाल कम्युनिष्ट पार्टीले चुनाव खारेज अभियानलाई देशव्यापीरुपमा तीब्र पारेको छ । राजधानीमै नेपाल कम्युनिष्ट पार्टीले चन्द्रागिरी नगरपालिका मेयर उम्मेद्वारका घरमा कालो झण्डा गाडेको छ ।

चन्द्रागिरी नगरपालिकाबाट मेयरका उमेद्वारी दिएका कृष्ण महर्जन ,माओवादी केन्द्रबाट उपमेयरमा उठेकी उर्मिला रोक्का , नेपाली कांग्रेसबाट मेयरमा उठेका घनश्याम गिरि ,राष्ट्रिय प्रजातन्त्र पार्टी बाट मेयरमा उठेका मदन थापामगर र एमालेबाट वडा अध्यक्षमा उठेका नारायण महर्जनका घरमा शुक्रबार बिहानै कालो झण्डा गाडेको छ ।