कालिकोटमा प्रतिरोधको पुनरावृत, १ किलोमिटर सम्म लखेटिए प्रहरी

कालिकोट: २३, बैशाख, कालिकोटमा जनयुद्धको झल्को दिनेगरि जनताले स्थानीय निर्वाचनको शुरक्षामा खटिएका १५० बढी प्रहरी, शसस्त्र प्रहरीलाइ १ किलो मिटर टाढा लखेटि दिएका छन् ।

१५० जना संख्यामा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको सयुक्त टोलिले गाउँमा घेरा हालेर जबर्जस्त स्थानीय जनतालाई भोट हाल्न भनेर धम्याउन थालेपछि जनताले प्रतिरोध गरेका थिए ।

प्रहरी र स्थानीयको बीचमा झडप हुँदा ७ स्थानीय र ६ प्रहरी घाइते भएका छन् । झडपको क्रममा स्थानीयले प्रहरीका २ राइफल खोसेर भाँचिदिएका छन् ।

उक्त क्षेत्र नेकपाले चुनाव निषेधित क्षेत्र घोषणा गरेको थियो । महान दश बर्षे जनयुद्धको समय बि.स. २०५४ चैत्र २६ गते पनि विथल डाँडामा महिला प्रतिरोधले इतिहास रचेको थियो ।