देशैभरी उम्मेदारहरुको गाडिमा आगजनी, चितवनमा बम

चितवन: २३ वैशाख,  भरतपुर महानगरपालिका स्थित स्याउलीबजारमा आज बिहान पेट्रोल बम भेटिएको छ । चितवनको स्याउलीबजारमा हेमराज पौडेलका घरबाट दुई सय मि अगाडि बम भेटिएको छ । सो बम प्रहरीले निष्क्रिय गरेको चितवनले जनाएको छ ।

महानगरपालिका प्रमुखको उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहालको मामा पौडेलका घरमा रोकिराखिएको बा ११ च ९०३० नंको गाडीसमेत तोडफोड गरिएको छ ।

त्यस्तै हिजो राती नुवाकोटमा उम्मेदारको गाडिमा आगजनी गरिएको थियो । त्यसैगरि धादिङमा पनि उम्मेदारको गाडिमा आगजनी भएको खबर प्राप्त भएको छ । प्रचण्ड पुत्री रेणु दाहालको गाडिमा पनि आगो लगाएको चितवन प्रहरीले जनाएको छ ।