दमनमा उत्रियो सरकार धादिङमा १२ जना बिना कारण पक्राउ

धादिङ: बैशाख २३, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १२ जना कार्यकर्तालाइ विना कारण प्रहरी पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरी चौकी जोगिमाराको राखिएको छ ।

चुनाव नजिकिदै गर्दा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाइ बिना कारण धरपकड बढाएको छ । नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव खारेजी गर्ने रणनीति अपनाएको छ ।

त्स्तै चितवनबाट प्राप्त समाचार अनुसार शुक्र पौडेललाई घरमा परिवार संगै बसिरहेको बेला बिनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।