क्रान्तिकारी ध्रुवीकरणको केन्द्र बन्दै नेपाल कम्युनिस्ट पार्टी, ठूलो समुह नेकपामा ध्रुवीकृत

काडमाडौंः बैशाख २४, स्थानीय चुनावको मिति नजिकिइरहेको बेला ठूलो समुह नेकपामा धुर्विकृत भएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य सदस्य श्यामबहादुर बोहरा ‘अटल’, केन्द्रीय सदस्य देवेन्द्र पौडेल ‘प्रताप’ ले सोपार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा धुर्विकृत भएका छन् ।

त्यस्तै क्रान्तिकारी धुर्विकरणमा माओवादी केन्द्र निकट लेखक संघका बरिष्ठ उपाध्यक्ष यज्ञबहादुर डाँगी पनि सहभागि भएका छन् ।

त्यसैगरि नेकपा माक्र्सवादीका पोलिटब्युरो सदस्य गोकर्ण योञ्जन, मोहन प्याठा लगायत १८ जना नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा धर्विकृत भएका छन् ।

त्यसैगरी क्रान्तिकारी माओवादीका वरिष्ठ साहित्यकार खम्बु चन्द ‘समिर यात्री’ पनि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । सो कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली रहेका थिए ।