नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुरुङ बिना कारण पक्राउ

फोटो इमान्दार मिडियाबाट

काठमाडौं:  बैशाख २४, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका सेक्रेटरी मकर गुरुङलाई प्रहरीले बिना कारण पक्राउ गरेको छ ।

आज उहाँलाइ पुतलि सडकमा हिडरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता माथि प्रहरीले देशव्यापी रुपमा धरपकड बढाएको छ ।

त्यस्तै आज महासचिव विप्लवले बिज्ञप्ती जारी गरेर गिरफ्तार नेता तथा कार्यकर्तालाइ जनयुद्ध कालको जस्तै झुट्टा मुद्दा लगाउने काम र धरपकड बन्द गर्न प्रचण्ड सरकारलाई चेतावनी दिएका छन् ।