बम बिस्फोटमा परि ९ जना घाईते ४ जनाको अवस्था गम्भीर

कविलवस्तु: असार ५, कविलवस्तु, बाणगंगा – ४, गजेहडामा बम बिस्फोटमा परि ९ जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु छन् । विष्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् ।

घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिएका छन् । विष्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो ।