ठेकेदार इन्द्रबहादुर ऐरले दार्चुला सेक्रेटरीलाई षड्यन्त्र गरेर पक्राउ गराए

बैतडी: असार ७, नेपाल कम्युनिस्ट पार्टीका दार्चुला जिल्ला सेक्रेटरी रमेश नेपाली ‘जीवन’ लाई ठेकेदार इन्द्रबहादुर ऐरले बैतडीको सतवाजमा बोलाएर गिरफ्तार गराएका छन् ।

कामदार(कर्मचारीलाई दुःख दिने गरेको, समयमा पारिश्रमिक नदिने र विभिन्न बहाना बनाएर काममा अबरोध गर्ने र त्यसको दोष कामदार(कर्मचारीहरुलाई दिने गरेको भन्दै पीडितहरुले निवेदन दिएपछि छलफल गर्न ठेकेदार ऐरसँग सम्पर्क गरेको नेकपा दार्चुलाले जनाएको छ ।

ठेकेदार एेरले प्रहरी प्रशासनसँग मिलेर षड्यन्त्रपूर्ण तरिकाबाट जीवनको गिरफ्तारी गराएको नेकपाले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी महाकाली ब्यूरो इन्चार्ज असिनाले मंगलबार विज्ञप्ति निकालेर मजदूहरुले पाउनु पर्ने ज्यालाको विषयलाई लिएर निर्माण व्यवसायी इन्द्रबहादुर ऐरले बोलाएको समयमा बैतडीको सतवाजमा छलफल गर्ने क्रममा प्रहरी बोलाई षड्यन्त्रपूर्वक जीवनको गिरफ्तारीप्रति आपत्ति जनाएकी छन् ।

बिज्ञप्तिमा भनिएको छ, यस्तो घृणित र तृच्छ कार्यप्रति हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ । जीवनलाई विना सर्त रिहा नगरे त्यसको जिम्मा ठेकेदार ऐर र प्रशासन हुने चेतावनी समेत दिएकी छन् ।