सुराकी गरेर नेकपाका कार्यकर्तालाई पक्राउ गराउने थिङ जनकारवाहीमा परे

रौतहट, नेपाल कम्युनिस्ट पार्टी रौतहट जिल्लाले प्रहरीलाई सुराकी गरेर नेकपाका कार्यकर्तालाई पक्राउ गराउने चन्द्रपुर नगरपालीका वडा नम्बर २ हिलेखोलाका मानध्वज थिङ खाइवामाथि भौतिक कार्वाही गरेको छ ।

नेकपा रौतहटका जिल्ला जनसरकार रौतहटका प्रमुख रामलाल रायले जुटबेलाको लालभित्ते सामुदायीक वनका अध्यक्ष मान्ध्वजले भ्रष्टाचार गरेको र पार्टीका कार्यकर्तालाई सुराकी गरि पक्राउ गरनएको कारण पार्टीले भौतिक कार्वाही गरेको बताएका छन् ।

उनलाई जुटबेला २ हिलेखोलामा रहेको उनको पसलमा तास खेलिरहेको अबस्थामा कार्वाही गरेको नेकपाले जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टीले सुरु गरेको यो पहिलो भौतिक कार्वाहि भएको पनि बताएका छन् । अब भष्टचार गर्ने, महिलाहरुमाथि अश्लिल ब्यवहार देखाउने र पाटीविरुद्ध गएर सुराकी गर्ने र विभिन्न झुठा मुद्धामा फसाउने कार्यमा संलग्न सबैलाई यसरी नै भौतिक कार्वाही गर्ने चेतावनीसमेत दिएका छन् ।