१२ गते नेपाल कम्युनिस्ट पार्टीले भारतीय दुतावासमा विरोधपत्र बुझाउने

काठमाडौं: असार ९ः नेपाल कम्युनिस्ट पार्टीले औपचारिक रुपले नै दार्जलिङ खरसाङ, कालेबुङ, मिरिक लगायतमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गर्ने भएको छ ।

दार्जलिङमा भएको नेपाली भाषीमाथीको दमनको निन्दा गर्दै त्यस विरुद्ध प्रदर्शन गर्ने सो पार्टीले जनाएको छ ।

असार १२ गते २ बजे शान्तिवाटीकाबाट जुलुश शुरु भएर भारतीय दुतावासमा पुगेर भारतीय दुतावास मार्फत भारत सरकारलाई विरोधपत्र बुझाउने बताइएको छ ।