प्रचण्डको चुनाबी सभामा बम भेटिएपछि भागदौड मच्चियो

काठमाडौं, असार १०ः माओवादी केन्द्रको चुनावी सभा स्थल नजिकै बम फेला परेपछि भागडौंड मच्चिएको छ ।

मोरङको पत्थरी नगरपालिकाको बजारमा भएको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको थियो । बम फेला परेसँगै सेनाको बम डिस्पोजल टोली घटना स्थल तर्फ लागेको खबर छ ।

प्रचण्डको चुनावी सभालाई लक्षित गरेर सो बम राखे पनि हालसम्म कसैले जिम्मा नलिएको रातो खबर डटकमले जनाएको छ ।