कञ्चनपुरमा बुथ नजिक्कै शक्तिशाली बम बिस्फोट मतदाताको भागाभाग

महेन्द्रनगर: असार १४,  कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको बजार क्षेत्रमै शक्तिशाली बम विष्फोट भएको छ।

महेन्द्रनगर बजार नजिकैको भृकुटी उमावि मतदान स्थल नजिकै बम विष्फोट भएको बताईएको छ । बम बिस्फोट भएपछि मतदाताहरुको भागाभाग भएको थियो ।

मतदाताहरु मतदान केन्द्रमा लाईनमा रहेर मतदान गरिरहेकै वेला ५० मिटरको फरकमा राखिएको बम विष्फोट भएको बिभिन्न समाचार माध्यमहरुले जनाएका छन् ।

यसअघि सुरक्षा निकायले सबै क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरेको भएतापनि महेन्द्रनगर बजारको नजिकै बम विष्फोट भएपछि मतदातामा त्रसित भएका छन् । बम विष्फोट भएको ठाउँ जिल्ला प्रहरी कार्यालयदेखी मात्र १०० सय मिटरको दुरीमा पर्दछ ।