मतदान केन्द्रमा मतपेटिका ध्वस्त प्रहरी बेखबर

रोल्पा: असार १४, रोल्पा नगरपालिका वडा नं १० भनभने मतदान केन्द्रमा आगजनीबाट मतपेटिका जलेर ध्वस्त भएको अन्नपुर्ण पोष्टले जनाएको छ ।

मतपत्रबाटै आगो उठाएर खारेजीको नयाँ तरिका प्रयोग भएकाको बताईएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेजी गर्न केही कार्यकर्तालाई मतदान केन्द्रसम्म पठाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

मतपेटिकामा आगजनी भएको सम्बन्धमा थप विवरण आउन बाँकी रहेको बताइएको छ । मतपेटिका ध्वस्त हुँदा सम्म प्रहरीले भने चालै नपाएको बताईएकोे छ ।