११ राज्य भाकपा माओवादीको नियन्त्रणमा भारतीय कानुन लाद्नेहरू निरीह

“जयपुर सहरमा भएको विष्फोटमा परेर ४ जना सिपाहीको मृत्यु”, “अज्ञात व्यक्तिहरूसितको भिडन्तमा गोली लागेर थुप्रै सिपाहीको मृत्यु”, “केही सशस्त्र व्यक्तिसितको मुठभेडमा आसाममा केही सिपाही घाइते”।

भारतमा भएका यस्ता घटनाहरूबारे तपाईँहरू कहिल्यै सुन्न पाउनु हुन्न, किन भने भारत सरकारले सङ्घर्षसित गाँसिएका समाचार जहिल्यै पनि लुकाउने प्रयास गर्छ र राष्ट्रको ध्यान अन्यत्र मोड्न एउटा न एउटा बहाना अघि सार्छ ।

६० को दशकमा आसामको जङ्गलमा रहेका जनताले भारत सरकारको पाशविक व्यवहारका विरुद्ध आन्दोलन आरम्भ गरे । थोरै समयका लागि भए पनि तिनले पश्चिम बङ्गाललाई आफनो अधीनमा लिए र केही समय चुपचाप रहे । थुप्रै तथाकथित विश्लेषकहरूले सोचेका थिए अब यो आन्दोलन समाप्त भयो, तर यो साँचो थिएन, केही समयपछि एकपल्ट आगोको ज्वाला फेरि देखापर्यो । माओवादी विद्रोहीहरू पुनः सक्रिय भएर भारतीय अत्याचारी सरकारका विरुद्ध भारतका विभिन्न राज्यमा आफ्ना गतिविधिलाई तीव्र बनाए ।

आज ११ राज्यमा उनीहरूको नियन्त्रण छ र भारतीय कानुन लाद्नेहरू निरीह बनेका छन्, उनीहरू यो आन्दोलन दबाउन असफल भएका छन् ।

माओवादीका कारबाहीका विभिन्न तरिकाहरू छन्, पहिले उनीहरू रेल्वे लाइनमा बम पड्काउने, प्रहरीमाथि आक्रमण गर्ने र क्याम्पमाथि आक्रमण गने गर्थे । तर यताका दिनमा उनीहरूले आफना गतिविधि र रणनतिमा परिवर्तन गरेका छन् । स्थानीय जनतमाझ घुलमिल भएर आफूलाई सुरक्षित राख्दै स्थानीय जनताको व्यापक सहयोग र समर्थनमा आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका छन् ।

सहरी क्षेत्रहरू यस किसिमको आन्दोलनका लागि खतरापूर्ण बनेका छन् । पढेलेखेका युवाहरू, जो पहिलेका सरकारका सबैभन्दा प्राथमिकतामा थिए, अहिले माओवादीको प्राथमिकतामा परेका छन् । उनीहरू माओवादी आन्दोलनप्रति आकर्षित हुनथालेका छन् । कूल भारतीय जनसङ्ख्याको आधी जनसङ्ख्याका लागि दिशापिसाब गर्ने ठाउँको समेत सविधा छैन, कूल जनसङ्ख्याको ३५ प्रतिशत घरवारविहीन छ र सडकमा रात बिताउन बाध्य छ ।

भारत अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि ठूलो बजारक्षेत्रका रूपमा विकसित भइरहेको छ, तर यो सीमित सहरमा मात्र केन्द्रित छ र त्यो पनि माओवादी विद्रोहीहरूको निसानामा परेको छ । माओवादी विद्रोहीहरूलाई दबाउन भारत सरकारले जति प्रयास गरे पनि दबाउन सकेको छैन, आफ्नै जनतामाथि सेना प्रयोग गर्दा जनस्तरबाट ठूलो प्रतिरोध सहनुपर्ने हुन्छ भन्ने ठानेर होला, उसले त्यसो गर्न पनि सकेको छैन ।

जम्मु कास्मिरमा हुर्रियतहरू र स्वतन्त्रतावादी लडाकुहरूका विरुद्धझैँ माऔवादी विद्रोहीका विरुद्ध कारबाही गर्न भारतीय अधिकारीहरूलाई दबाब भए पनि उनीहरूले त्यसो गर्न सकिरहेका छैनन् । माओवादी दबाउनका लागि खटाइएका एकजना सैन्य कमान्डरले यसलाई बिना कुनै ठूलो अवरोध साम्य पार्न सकिन्छ भने पनि यो दिवास्वपन मात्र साबित भएको छ । यो सन् असीको दशकदेखि नै निरन्तरतामा छ । माओवादी विद्रोहीलाई जनताको साथ छ र उनीहरूमाथि हवाइ आक्रमण गर्दा जनताको थप साथ हुने र अझ थुप्रै मान्छे माओवादीमा सामेल हुने डरले भारत सरकारले हवाइ आक्रमण गर्न सकेको छैन ।

जेसुकै आइपरोस्, माओवादी विद्रोहीहरूले छिट्टै आफने शक्तिमा वृद्धि गर्नेछन् भन्ने कुरा वर्तमान परिदृश्यले देखाएको सत्य हो ।

                                                                                                                                              जनमेल बाट