परम्परागत संस्कारलाई तोड्दै जनवादी बिवाह सम्पन्न

काठमाडौँ: असार ३१, नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गा जिल्ला सेक्रेटरी योगेन्द्र बस्नेत (अमृत सागर) र शुष्मा केसीको जनवादी बिवाह सम्पन्न भएको छ ।

परम्परागत संस्कारलाई क्रमभंग गर्दै काठमाडौँको नेपाल ल क्याम्पसमा आज उनीहरुको जनवादी बिवाह सम्पन्न भएको हो ।

२०५१ सालमा नेकपा माओवादीले जनयुद्धको शुरुवात गरेपछि जनवादी बिवाहले तीब्रता पाएको थियो । २०६१ यता सो क्रम रोकिए पनि पछिल्लो समय बढ्दै गएको छ ।

सो जनवादी बिवाह कार्यक्रमको प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य हेमन्त प्रकाश ओली र बिशेष अतिथिमा सो पार्टीका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष असारे काका रहेका थिए ।

अन्य अतिथिहरुमा सो पार्टीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुन, बिरजंग त्यस्तै केन्द्रीय सदस्य भेषराज भुषाल, मकर गुरुङ लगायतका नेताहरु उपस्थित रहेका थिए ।