आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्मजयन्ती

काठमाडौं: साउन ७, आज नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलालको जन्मजयन्ती हो ।

पुष्पलाल श्रेष्ठको जन्म विस १९८१ असार १५ गते रामेछापमा भएको थियो र भारतको नयाँ दिल्लीमा २०३५ श्रावण ७ गते आजकै दिन उहाँको देहान्त भएको थियो ।

२००६ सालमा पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र निरञ्जन गोविन्द बैद्यले नेकपाको स्थापना गरेका थिए ।

राणाहरुले उहाँका दाई गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिएपछि राणा बिरोधी आन्दोलनमा सक्रिय हुदै नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।

पुष्पलाल श्रेष्ठले १८ वर्षसम्म निर्वासित जीवन विताउनु भएको थियो । कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा पहिलोपटक उल्था उनै महान जननेता श्रेष्ठले गरेका थिए ।

नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठको जन्मजयन्तीको अवसरमा नेपालका कम्युनिस्ट घटकहरुले विभिन्न कार्यक्रम गर्दै आएका छन् ।