काठमाडौं: साउन १०, न्यु पिपुल्स आर्मीले सरकारी सेनामाथि भीषण आक्रमण गरेको छ । जुलाई १६ मा माओवादी सेना न्यु पिपुल्स आर्मीका जेबोन्गा पेनिनस्ला रिजनल अपरेशन कमाण्डको एम्बुसमा परेर १६ जना सरकारी सेनाको मृत्यु भएको छ ।
भने १० जना घाइते भएका अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । माओवादी र सरकारी सेनाबीच भएको दोहोरो फाइरिङमा माओवादी सेनाका ५ जना घाइते भएका बताइएको छ ।
सरकारी पक्ष र माओवादी पार्टीबीच युद्धविराम भंग भएपछि माओवादीले आफ्ना गतिबिधि आक्रमक रुपमा बढाउँदै लगेको छ । केहि दिन अगाडि पनि माओवादीले सरकारी सेनामाथि आक्रमण गरेको थियो ।