मालपोत कार्यालयका प्रमुख जोशीलाई कालोमोसो

डोटीः साउन १०, मुक्त हलियाको रकममा कमिसन खान खोज्ने डोटी जिल्ला मालपोत कार्यालयका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कालोमोसो दलिएको छ ।

कालोमोसो दल्नेहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र माओवादी केन्द्रका कार्यकर्ता रहेको थाहा खबर अनलाईनले बताएको छ ।

मंगलबार मालपोत कार्यालय अगाडि धर्ना बसेका मुक्त हलियासंग कार्यालय परिसरमा छलफल गर्दै गरेका जोशीलाई कालोमोसो दलिएको हो।

हलिया पुनर्स्थापनाका लागि आएको रकममा कमिसन खान खोजेकाले डोटी मालपोत कार्यालयमा हलियाले तालाबन्दी गरेका छन्।