ट्रम्पको बिरुद्ध अमेरिकी तल्लो प्रतिनिधि सभा, जटिल बन्दै रुस अमेरिका सम्बन्ध

अमेरीकी संसदको तल्लो प्रतिनिधीसभा बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरुद्धमा उत्रिएको छ । हालै भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले हस्तक्षेप गरी प्रभावपार्न खोजेको भन्दै अमेरीकी संसदको तल्लो प्रतिनिधीसभाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने नयाँ प्रस्ताव पारित गरेको छ ।

प्रस्तावमा रुस, इरान र उत्तरकोरियामाथि थप आर्थिक प्रतिवन्ध लगाउने विषय पनि रहेको छ । प्रतिनिधि सभामा मतदान हुँदा प्रस्तावको पक्षमा ४ सय १९ ले मतदान गरेका थिए भने विपक्षमा जम्मा ३ मत परेको थियो ।

यस विषयलाई लिएर रुसी संसद ड्युमाका एकजना सदस्यले अब दुई देश विचको सम्बन्ध निकै जटिल बन्ने प्रतिक्रिया दिएका छन् । रुससँग राम्रो सम्बन्ध बनाउन उद्दत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिनिधि सभामा यस्तो प्रस्ताव पारित भएपछि समस्यामा परेको बताइएको छ ।

राष्ट्रपतिले बिशेषाधिकार प्रयोग गरी उक्त प्रस्ताव फेल गर्न सक्ने छन् । तर उनले यसो गरेमा २०१६ मा भएको राष्ट्रपतिको निर्वाचनमा रुसले साइवर युद्धमार्फत राजनैतिक पृष्ठ भूमिकी हिलारी क्लीन्टनलाई हराएर व्यापारिक पृष्ठ भूमिका डोनाल्ड ट्रप्पलाई चुनाव जिताएको भन्ने सर्वत्र भनाइको पुष्टि हुनेछ । त्यसैले राष्ट्रपति ट्रम्प निकै तनावमा रहेको बताइएको छ ।
                                                                                                                            ईरातो खबर डटकमबाट