अमेरिकी कुटनीतिज्ञलाई आफ्नो देशबाट लखेट्दै रुस

काठमाडौँ: साउन १६, अमेरिकी कुटनीतिज्ञहरुलाई रुसले आफ्नो देशबाट लखेट्ने भएको छ । केही दिन अघि राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको भन्दै अमेरिकी संसदको तल्लो हाउस सिनेटले रुस बिरुद्ध नाका बन्दीको प्रस्ताव पारित गरे पछि रुस अमेरिका सम्बन्ध पेचिलो बन्दै गएको छ ।

रुसका राष्ट्रपति पुटिनले सेप्टेम्बर १ देखि आफ्नो देशमा अमेरिकी कुटनितिज्ञहरुलाई कुनै क्रियाकलाप गर्न नदिन आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको बताईएको छ ।

यसअघि रुसले ७५५ कर्मचारी कटौती गर्न भनेको थियो । अहिले १२१० कर्मचारी छन् भने कटौती गरेपछि ४५५ कर्मचारी रहनेछन् । रुसले अमेरिकाविरुद्ध अन्य कदमहरु चाल्ने प्रशस्त सम्भावना रहेको बताएको छ ।