चीनले गरेको शैन्य परेडले दिएको सन्देश

काठमाडौँ: साउन १६, जनमुक्ति सेनाको ९० औं वार्षिकोत्सवको अवसरमा चीनले गरेको सैन्य परेड प्रर्दशनले बिश्वलाई तरङ्गित पारेको छ ।

१२ हजार सेना सहभागी रहेको सो प्रदर्शनमा सयौंको संख्यामा ठूला ठूला हतियारहरु समेत प्रदर्शन गरिएको थियो ।

सो प्रदर्शनमा चिनियाँ राष्टपति एवं चिकपाका महासचिव तथा चिनियाँ जनमुक्ति सेनाको सेन्टल मिलेटरी कमिशनका अध्यक्ष सि जिन पिङको उपस्थितिमा सो सैन्य प्रदर्शन गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै सिजिन पिङले चिनियाँ सेना बहादुर छ र देशको निर्माणका लागि लड्छ’ सबै आक्रमणकारी दुश्मनलाई पराजित गर्न र चीनको राष्ट्रिय सम्प्रभुता रक्षाका लागि कृतसंकल्प र सक्षम छ ।

भारत चीनबिच केही समय अघि देखि डोक्लाङमा तनावको स्थिति सिर्जना भएको थियो । चीनले गरेको शक्ति प्रदर्शनलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।