चीनका अगाडी भारतले घुडाँ टेक्यो, डोकलाम तनाव साम्य हुने संखेत

काठमाडौँ: असार १९, जुन १८ देखि डोकलाम क्षेत्रमा चलिरहेको भारत चीनबीचको तनाव साम्य हुने संखेत देखिएको छ । सडक निर्माण गरिरहेको बेला भारतीय सेनाले अवरोध गरेको चीनले बताउँदै आएको छ ।

हालसालै भारतले ठूलो संख्यामा सेनालाई डोकलाम क्षेत्रबाट फिर्ता लगेको चीनले दाबी गरेको छ । १५ पृष्ठ लामो दस्तावेज जारी गर्दै चिनियाँ विदेशमन्त्रालयले भनेको छ लगभग ४ सयको संख्यामा भारतीय सेना सो क्षेत्रमा रहँदै आएकामा हाल ४० जनामात्र तैनाथ रहेको छन् ।

दुई देशबीचको सम्बन्ध सुधार गर्ने हो भने भारतीय सेना फिर्ता हुनुपर्ने प्रष्ट पार्दै चीनले अन्यथा भारतले चाहेजसरी नै हरमोर्चाबाट जवाफ दिन आफू तयार रहेको चेतावनी दिएको थियो ।