अमेरिकालाई ब्यालेष्टिक मिसायलले उडाउने, उत्तर कोरियाको तयारी

प्योङयाङ्ग: साउन २५, उत्तर कोरियाले अमेरिकाको गुआम सैन्य बेसलाई ब्यालेष्टिक मिसायलले उडाउने योजना बनाइरहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि हमलाको चेतावनी दिएपछि उत्तर कोरियाले पनि अमेरिकामाथि जबाफि हमलाका लागि योजना बनाएको तथ्य खुलेको हो।

केही दिन अघि उत्तर कोरियाले अमेरिकालाई आफूमाथि लगाइएको प्रतिबन्धको हिसाब चुक्ता गर्नुपर्ने चेतावनी पनि दिएको थियो ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी ‘केसीएनए’का अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले लामो समयदेखि स्थगित योजनालाई सुरु गर्न आदेश दिएको कोरियाली पिपुल्स आर्मीका प्रवक्ताले जनाएका छन् ।