नेकपा मेची ब्यूरो इञ्चार्ज सुमन सहित अन्य ४ जना नेताहरु रिहा

काठमाडौँ: साउन २५, नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इञ्चार्ज सुमन लिम्बु सहित चार जना नेता तथा कार्यकता लामो समय पछि आज रिहा भएका छन् ।

नेपाल कम्युनिस्ट पर्टीले देशब्यापी रुपमा स्थानिय निर्वाचन बहिस्कारको नीति अपनाएको थियो । सोही क्रममा उनीहरुलाई बिना कारण पक्राउ गरेर नियोजित तरिकाले उनीहरुलाई झुटा मुद्दा लगाइ रौतहट जिल्लामा हिरासतमा राखेको थियो ।

त्यस्तै अन्य रिहा हुनेहरुमा झापा जिल्ला सेक्रेटरि तारा थापा, झापा जिल्ला युवा अध्यक्ष प्रशान्त र झापा जिल्ला सचिवालय सदस्य दिलिप थापा रहेका छन् ।

निर्वाचनको क्रममा सरकारले ब्यापक रुपमा मानव अधिकारको उल्लङ्घन गरेको भन्दै मानव अधिकारवादी संस्थाहरुले समेत बिज्ञप्ति निकालेर बिरोध गरेका थिए ।