चीनले सैन्य कारवाहीको दिन गन्ति सुरु भएको भनेपछि हतियारको खोजीमा भारत

काठमाडौं: साउन २५, भारत र चीनबिचको तनाव उत्कर्षमा पुगेको छ । चिनियाँ सञ्चार माध्यामहरुले भारतमाथी सैन्य कारवाहीका लागि दिन गन्ति सुरु भएको भन्न थालेका छन् ।

यदि भारतले आफ्ना सेना डोकलामबाट फिर्ता नलगे सैन्य कारवाही सुरु हुने र यसलाई कसैलेपनि रोक्न नसक्क्ने चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

बुधबारको सम्पादकीयमा चाइना डेलीले सैन्य अभियानको दिनगन्ती सुरु भएको र भारतले यसलाई रोक्ने हो भने डोकलामबाट सेना फिर्ता लैजान ढिलो गर्न नहुने भन्दै समाचार छापेको छ ।

भारतले पनि डोकलामको तनावका कारण आउन सक्ने अवस्थाको सामना गर्नको लागी हतियारको प्रबन्ध मिलाईरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।