नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनको जनतामारा हर्कत, सरकार मौन

काठमाडौं: साउन २५, बिश्व बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मुल्य बृद्धी भए सङ्गै नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनले मुल्य बृद्धी गर्नका लागी आजबाट पेट्रोलियम पदार्थको बिक्रिवितरण गर्ने भएको छ ।

ढुवानी परिमाण क्षती हुँदा आर्थिक भार परेको कारण देखाउदै आफूलाई परेको आर्थिक भार सरकारले निर्तुपर्ने माग राखेको छ ।

नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनले मुल्य बृद्धी गरेर जनताको ढाड सेक्ने तयारी गरेको भन्दै जनता आक्रोशित भएका छन् तर सरकार भने मौन बसेको छ ।

केहि दिन अघि मात्रै बिभिन्न सञ्चार माध्यमहरुले अन्तराष्ट्रिय बजारमा तेलको मुल्य बृद्धी हुने समाचार प्रसारण गरेपछि नेपाली पेट्रोलीयम ब्यवसायी सल्बलाउन थालेका छन् ।