नवनिर्वाचित प्रतिनिधिलाई बिद्यार्थीले कालो झण्डा देखाए

कपिलवस्तु: साउन २७, सिद्दार्थ कलेज क्याम्पस,कपिलवस्तुमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले स्थानीय नवनिर्वाचित प्रतिनिधिहरुलाई कालो झण्डा देखाएका छन् ।

बिद्यालयले बाणगंगा नगरपालिका मेयर र उपमेयरसहित सवै जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम राखेको थियो । त्यसै क्रममा अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष रुपा बुढा मगरको नेतृत्वमा कालो झण्डा देखाएका थिए ।

उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष हुन् भने अर्का निराजन थारु सदस्य र शारदा भण्डारी नेपाल आर्दश बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको स्वतन्त्र विद्यार्थी युनियन सदस्य हुन् ।

रुपा बुढा मगरले नवनिर्वाचित जनप्रतिनिधिहरुबाट क्याम्पस प्रशासनमा हस्तक्षेप गर्ने उदेश्यले क्याम्पसमा कार्यक्रम गरिएको र त्यस्तो कदम आफ्नो संगठनलाई मान्य नहुने समेत बताएकी छिन्।

प्रहरी प्रशासनको बलमा क्याम्पस प्रशासनले गरेको एकलौटि कार्यक्रमको बिरोध जनाएका छन् ।

                                                                                              इरातो खबरबाट