चीनको सनसनीपूर्ण खुलासा,कोरियाले आक्रमण गरे तठस्थ बस्ने र अमेरिकाले आक्रमण गरे हस्तक्षेप गर्ने 

काठमाडौं: साउन २७, चीनको सरकारी पत्रिका ग्लोबल टाईम्सले सनसनीपूर्ण खुलासा गरेको छ ।

सम्पादकीयमा भनेको छ यदि उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्छ भने चीन तठस्थ बस्ने र यदि अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको बिरुद्ध शाषन परिवर्तन तथा आक्रमणको प्रयास गरे चीनले कोरियालाई बचाउने बताएको छ ।

केहि दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियामाथि भीषण हमला गर्ने बताएपछि चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले अमेरिकी आक्रमणलाई रोक्नका लागि हस्तक्षेप गर्नु पर्ने बताएको छ । चीनको पछिल्लो धारणालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।