नेकपा उपत्यका ईञ्चार्ज माइला लामा बिना कारण पक्राउ

काठमाडौं: भदौ १, नेपाल कम्युनिस्ट पार्टी उपत्यका बिषेश ब्युरो ईन्चार्ज माइला लामालाई प्रहरीले बिना कारण पक्राउ गरेको छ ।

आज राजधानीको चावहिलमा बिद्यार्थी जिल्लाको बैठक बसिरहेको बेला उनलाई बिना कारण पक्राउ गरेको गोबिन्द बिस्टले बताएका छन् ।

जनार्दन शर्माृ गृह मन्त्री भएदेखी नै प्रशासनले नेपाल कम्युुनिस्ट पार्टीका माथिल्लो तहका नेताहरुलाई समेत बिना कारण पक्राउ गर्ने, झुटा मुद्दा लगाउने क्रम तीव्र पार्दै लगेको छ ।

चुनाव खारेजी अभियानको क्रममा पनि देशैभरी बाट नेपाल कम्युनिस्ट पार्टीका ५०० बढी नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।