मातृका यादवको ठाडो निर्देशनमा नेकपाका केन्द्रीय सदस्य पौडेल सहित ६ जना पक्राउ

काठमाडौं: भदौं २,  नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण राजनैतिक कार्यक्रम गरिरहेको बेला सो पार्टीका ६ जना नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

मातृका यादवको ठाडो निर्देशनमा नेकपाका केन्द्रीय सदस्य एवं जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, वैकल्पिक केन्द्रीय सदस्य देवनारायनण शाह, सो ब्युरो कार्यालय सचिव राजु कार्की, प्रेमप्रकाश ओली, लक्ष्मण पौडेल र आइडिएललाई सशस्त्र प्रहरीले गिरफ्तार गरेको रातो खबर डटकमले जनाएको छ ।

आज विहान धनुषाको बर्मझियामा नेकपाले आयोजना गरेको सहिद रामवृक्ष स्मृति सभामा माओवादी केन्द्रका कार्यकर्ताहरुले गुन्डागर्दी शैलीमा हमला गरेका थिए । स्थिति तनावपूर्ण हुने भएपछि नेकपाले बर्मझीया भन्दा १ किलो मिटर टाढाको दुरीमा कार्यक्रम सारेको थियो ।

तर नेकपाको राजनैतिक प्रभावदेखी अत्तालीएको माकेले सत्ताको आडमा बल प्रयोग गरी नेकपाका नेता–कार्यकर्ताहरुलाई पक्राउ गराएको छ ।