अमेरिका बिरुद्ध आक्रमक बन्दै इरान, संसदभित्रै सांसदले भने अमेरिकाको नाश होस

काठमाडौं: भदौ ३, इरानी सांसदहरुले आइतबार संसदभित्रै अमेरिका विरोधी नारा लगाएका छन् । अमेरिकाले इरानको विरुद्द नयाँ नाकाबन्दी लगाएको विषयमा सदनमा छलफल चल्दै गर्दा सांसदहरुले ‘अमेरिकाको नास होस्’ लगायतका नारा लगाएका थिए ।

इरानी संसदले आणविक क्षेप्यास्त्र र सेनाकोे लागि ५० करोड डलर बजेट विनियोजित गरेको गरेको जनाएको छ । पछिल्ला दिनमा इरान अमेरिकाको विरुद्द आक्रामक भैरहेको चर्चा चलिरहेको बेला यी समाचारहरु सार्वजनिक भएका छन् । २ सय ४४ सदस्यीय संसदमा २ सय ४० सांसदले अमेरिका विरोधी नारा लगाएका र ४ जना अनुपस्थित रहेको बताइएको छ ।

डोनाल्ड ट्रम्पकोे उदयपछि अमेरिका र इरानको सम्बन्धमा थप कटुता पैदा भएको छ । सन् १९८० देखि अमेरिका र इरानका बीच कुटनीतिक सम्बन्ध विच्छेद भएको छ । इरानी अधिकारीहरुले अमेरिकी कारवाहीको प्रतिवाद गर्ने घोषणा गरेका छन् । ईरातो खबरबाट