देउबाको राष्ट्रघाती सम्झौता र कालो झण्डा प्रदर्शन

काठमाडौं: भदौ ११, नेपाल कम्यनिस्ट पार्टी निकट जनबर्गीय संगठनहरुले भारत भ्रमणबाट नेपाल फर्किरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा प्रदर्शन गरेका छन् ।

शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा राट्रियतालाई आँच पुर्याउने सहमति र सम्झौता गरेको कारण नेकपाले विरोध प्रदर्शन गरेकको नेकपा स्रोतले जनाएको छ ।

देउवाले भारत भ्रमणको बेला राष्ट्रियता र सार्वभौमीकता बिरुद्ध गएर आफ्नो स्वार्थ पुर्ति गर्न खोजेको भन्दै उनको ब्यापक आलोचना भईरहेको छ ।

यसैविच नेकपामशालले पनि एक विज्ञप्ती जारी गर्दै देउवा–मोदी सम्झौता दब्बु र आत्म समर्पणवादी नीतिको प्रदर्शन गरेको भन्दै विरोध जनाएको छ । प्रदर्शनका क्रममा दर्जन बढी पक्राउ परेका थिए ।