दमन गरे बन्दुक उठाउने विप्लवको उद्घोष

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको आवाजलाई दमन गरिए जनताले बन्दुक उठाउने चेतावनी दिएका छन् ।

कालकिोटको मालकोट, सेरापाटामा मंगलबर आयोजीत वृहत जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लवले २०४७ सालको संविधानमा गणतन्त्र शब्द मात्रै थपेर जनतालाई झुक्याइएकोले यसको खारेज गरी जनताको नयाँ संबिधान बनाउनु पर्ने बताएका छन् ।

विप्लवले भने दिल्लीको निर्देशनमा नेपाली राजनीतिक दलका नेताहरु चलेछन् । नेपाल कम्युनिस्ट पार्टीको लडाँई कुनै राजनीतिक दलहरुसँग नभएर दलाल संसदीय ब्यवस्था र त्यसका मतियारहरुसँग भएको बताउनु भएको छ ।