एमाले मेयर उम्मेदवारको घरमा बम बिष्फोट, सत्तारुढ दलकै कार्यकर्ता संलग्न रहेको आशंका

लहानः भदौं २०, आगामी असोज २ गते हुन लागेको स्थानीय तहमा एमालेबाट लहान नगरपालिकाका उम्मेदवार मुन्नी साहको घरमा बम बिष्फोट गराइएको छ ।

एमाले केन्द्रीय प्रचार बिभागले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गरेको केही समयपछि नै मेयरका उम्मेदवार साहको लहान ५ स्थित घरमा अज्ञात समुहले बम बिष्फोट गराएको हो ।

एमाले उम्मेदवार शाहको घरमा सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, राजपाको डिजाइनमा हतोत्साही बनाउन बम बिष्फोट गराइएको जनता टाईम्सले बताएको छ ।