जनअदालतको कब्जामा ४ रोपनी जग्गा

ललितपुरः भदौ २३, नेपाल कम्युनिष्ट पार्टीले ललितपुरमा गोदावारी नगरपालीका वडा नम्बर १० का रामबाबु विष्टको चार रोपनि जग्गा कब्जा गरेको छ ।
नारायण महतले २०५२ सालमा २–८–०–० आना एक लाखमा धितो राखेकोमा २०५३ मा समझदारीबाट बिष्टलाई रजिस्टेशन पास गरिदिएका थिए ।
गोदावारी नगरपालीका वडा नम्बर ६ का बुद्ध महतको विभिन्न चरणमा गरेर धितो वापत रजिस्टेशन पास गराई अर्कैलाई बेचेर खाएपछि नेकपाले उनको जग्गा कब्जा गरेको हो ।

२०५५ सालमा पुनः केहि जग्गा थप्न आग्रह गरेर विष्ठले १३ र १४ आना जग्गा लिएका थिए । तर २०५६ सालमा महतले आफ्नो जग्गा फिर्ता माग्दा नदिएर उल्टै २–८–०–० मध्ये १३ आना र १३ आनाबाट ७ आना जग्गा बेचेर विष्टले खाएका थिए ।