ओखलढ्ङ्गा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रथम सम्मेलन सम्पन्न

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट ओखलढुंगा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्षमा रामकृष्ण भण्डारी को नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

कार्यसमितिले उपाध्यक्षमा हरि श्रेष्ठ, दिलु राई, निरा सुवेदी, सचिवमा विनम राई, सहसचिवमा मोहन परिवार, दिपक बस्नेत, कोषाध्यक्षमा तीलबहादुर बुढाथोक रहेका छन् भने सदस्यहरुमा ममृत खत्री, नविन पुलामी, कुमार बास्तोला, सीताराम भुजेल, डिल्ली पौडेल, तीलक श्रेष्ठ, सुमन आचार्य रहेका छन् । साथै सम्मेलनले ७ सदस्यीय सल्लाकार समितिसमेत चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथिमा नेकपाका केन्द्रीय सल्लाकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल असारे काका अतिथिहरुमा सोही पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सम्पर्क मञ्च साधारण शाखा इन्चार्ज मकर गुरुङ, रातो खबर प्रकाशन गृह प्रालिका प्रवन्ध निर्देशक भीम चापागाईं रहेका थिए ।