पोखरामा राज्य आतङ्क

काठमाडौंः भदौ २७, नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारीलाई प्रहरीले बिना कारण पक्राउ गरेको छ । उनलाई वडा प्रहरी कार्यालय राखिएको प्रहरीले जानकारी गराएको छ ।

खराको सस्तोबजारमा रहेको सिलिण्डर बमलाई नेपाली सेनाले निष्कृय पारेको थियो त्यही बिषयलाई लिएर नेकपा कास्कीका ईञ्चार्ज रुपेश र सेक्रेटरी जगनले हिजो राती नै एक प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा नेकपाको संलग्ता नरहेको बताएका थिए ।

तर प्रहरीले हिजो नै नेकपा कास्की जिलला कमिटी सदस्य गोबिन्द ओली र सहायक संगठन राष्ट्रिय जनस्वयंसेवक कास्कीका सचिव लोकेन्द्र राईलाई पनि पक्राउ गरकेो थियो ।