सागरनाथ वन परियोजनाको सहायक वन कार्यालयमा आगजनी

काठमाडौंः भदौ २७, सर्लाहीे सागरनाथ वन परियोजनाको सहायक वन कार्यालयमा आगजनी भएको छ । आगजनी गर्नु अघि एक समूहले कार्यालयमा रहेका कर्मचारीहरुलाई बाँधेर लडाएका थिए ।

सोमबार साँझ ८ ३० बजे भएको आगजनीका कारण कार्यालयमका सम्पूर्ण कागजात र फर्निचर जलेर नस्ट भएका छन् । हरिऔन नपा–६, घुर्कौलीमा रहेको सो सागरनाथ वनपरियोजनाको सहायक कार्यालयले गतवर्ष टाँगिया वस्तीका सुकुमबासीलाई दमन गरेको थियो ।

त्यसैले बदलामा सुकुमबासी पक्षले आगजनी गरेको आशंका छ । तर घटनाको जिम्मेवारी मंगलबार विहानसम्म कसैले लिई नसकेको रातोखबर डटकमले जनाएको छ ।