दार्चुलामा महाकाली र पञ्चेश्वर सन्धी बिरुद्ध नेकपाको विरोध कार्यक्रम

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी दार्चुला जिल्ला कार्य समितिले महाकाली सन्धिको विरोधमा दार्चुलाको सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सदरमुकाम खलंगामा भएको असमान एकीकृत महाकाली सन्धि, पञ्चेश्वर र राष्ट्रघात विषयक कार्यक्रममा बोल्ने वक्ताहरूले विरोध जनाएका छन् ।

सो गोष्ठिमा नेपाली कांग्रेसका पदमराज पन्त, एमाले नेता नरबहादुर दमाई, नेकपा मसालका मनराम दमाई, राप्रपा (थापा समुहका) का करन बडाललगायतका वक्ताहरूले महाकाली सन्धि नेपालको हितमा नभएकोले खारेजगरी नयाँ सन्धि गर्नुपर्ने बताएका थिए । नेकपा दार्चुला सेक्रेटरी विराटको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।