नेकपाका कार्यकर्तामाथि प्रहरीको व्यापक धरपकड

विरगञ्जः भदौ ३०, प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि अनाआवश्यक धरपकड बढाएको छ । सर्लाही, बागमती नगरपालिका शंकरपुर निवासी मोहन सहनीलाई सर्लाही प्रहरीले बुधबार राती २ बजे घरबाट बिना कारण गिरफ्तार गरेको छ ।

उनी नेकपा निकट सुकुमबासी संगठनका केन्द्रीय उपाध्यक्षसमेत हुन् । त्यस्तै सोही स्थानबाट स्थानीय कार्यकर्ता रामबहादुर खत्रीलाई पनि गिरफ्तार गरिएको छ ।

नेकपा सर्लाही इञ्चार्ज कमल सुसलिङले प्रहरी ज्यादतीको भत्र्सना गरेका छन् । उता सांस्कृतिक मोर्चाका नारायणी स्तरीय नेता तथा पर्साका जिल्ला नेता पारस ठाकुर, कार्यकर्ता रञ्जितलगायत ३ जनालई विरुवागुठी नजिक मिलनचोकबाट बिहिबार ५ बजे पक्राउ गरेको छ ।

उता बारा जिल्लाको फेटा गापाबाट बुधबार ५ जना पक्राउ गरेको समाचार ढिलोगरी प्राप्त भएको छ । नेकपा बाराले घटनाको निन्दा गर्दै तत्काल रिहा गर्न मागसमेत गरेको छ ।