घरमै बसि सरकारी तलब खानेलाई कालोमोसो

नुवाकोटः भदौ३०, अखिल क्रान्तिकारीले जिल्ला दुप्चेश्‍वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदि(६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई कालोमोसो दलेको छ ।

विद्यालयमा नगई घरमै बसेर तलव र अन्य सुविधा खाएर राज्य कोषको दुरुपयोग गरेको, चेलीबेटी बेचबिखनमा संलग्‍न रहेकोले चेतावनी स्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी नुवाकोटले बताएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शिक्षक श्रेष्ठलाई बजारमै कालोमोसो दलेको हो । अनलाईन डबलीबाट