ठूलो दल बलकासाथ थवाङ पुगेका प्रचण्ड यसरी विप्लव विरुद्ध खनिए

रोल्पाः भदौ ३१, हजारौँ शुरक्षाकर्मी र हवाईगस्तीका साथ रोल्पा थवाङ पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव विरुद्ध खनिएका छन् ।

उनको रोल्पा भ्रमणको पुर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्र थवाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीलाई अपहरण गरेको प्रशंगमा बोल्दै प्रचण्डले भने बीरबहादुर जीको अपहरण थवाङ अपहरण हो ।

जनताको नाममा यसरी अमानवीय काम गर्न मिल्दैन । उनले थपे आफैले जन्माएको बच्चालाई मेरो होईन लत्याउन मिल्छ कि मिल्दैन रु प्रचण्डलाई थवाङका पुराना नेता बर्मन बुढाले स्वागत गरेका छन् ।

कार्यक्रम स्थल बाक्लो सूरक्षाको घेराबिचमा सम्पन्न भएको छ । भने गाउँभरी कुकुरहरु छाडिएका छन् । प्रचण्डले बर्षमान पुनलाई पनि प्रचण्डले आफु संगै लगेका थिए ।